हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन् । मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. रामकेवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको हो ।नियुक्ति पत्र हस्तान्तरण पछि सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबका दिनको रुपमा रहेको बताउनुभयो ।

नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्षदेखि एकेडेमिक सेशनहरु सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.