
हुलाकी न्यूज, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो प्रदेश २ सहित प्रदेश १ का जिल्लाहरुमा सक्रियता बढाएका छन्।
शनिबार र आइतबार जनकपुरधामका विभिन्न कार्यक्रममा सहभागी भएका महतो १९ गते झापाको दमकमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने उनका स्वकीय सचिव किशोर गुरुले जनाएका छन्।
यसैगरी, २० गते विराटनगर, २१ गते सुनसरीको इनरुवामा कार्यकर्ता भेटघाट कार्यक्रम महतोको रहेको छ।
यसैगरी २२ गते सिरहाको सभाहलमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको साहले जनाएका छन्।
यता शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता महतोले आफू धनुषा क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताएका छन्।
यसअघि उनी सप्तरी वा अन्य जिल्लाबाट चुनाव लड्ने चर्चा चलेको थियो।



