हुलाकी न्यूज,जनकपुरधाम :जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरु ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।

चिसो र शीतलहरका कारण जनजिवन प्रभावित भएपछि बिद्यार्थीलाई विद्यालय आउनजान समस्या हुने भन्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु आजदेखि दुई दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको हो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद खड्काले बताए।

नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ २० गते मंगलबारसम्म बन्द रहने उनले बताए । ३ दिनसम्मको बन्द अवधिको मिलान भने वर्षे र हिउँदे विदाबाट गरिने उनले जानकारी दिएका छन्। अत्यधिक चिसो बढेका कारण वातावरण असहज भई पठनपाठन कार्यमा कठिनाई भईरहेकोले माघ १८ गतेदेखि २० गतेसम्मका लागि नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.