हुलाकी न्यूज,जनकपुरधाम : धनुषाबाट चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका ३ रजोखैर बस्ने बर्ष १८ का रोहीत यादव सहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका हुन्।
शनिबार दिउँसो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवाचोकमा पार्किङ गरी राखेको ज.८प.८७७५ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो।
लगतै खोजतलास गर्ने क्रममा अपराहन्न पौने ५ बजे इलाका प्रहरी कार्यालय धनुषाको टोलीले उक्त चोरीको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको डीएसपी मिश्रले बताए ।मोटरसाइकल र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



