हुलाकी न्यूज, जनकपुरधामः
समान्य रुपमा कुनै पनि संस्थामा नयाँ कार्यसमिति आएपछि निर्वतमानहरुले खासै महत्व दिदैनन्।

तर, शनिबार जनकपुर जेसिजको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा नयाँ अभ्यास देखियो।

नवनिर्वाचित कार्यसमितिलाई निर्वतमान अध्यक्षले बैंड बाजासहित सम्मान गरेर पदस्थापन गराए।

जनकपुरधाममा एक समारोहका बिच जनकपुर जेसिजका २०२० अध्यक्ष जेसी गौतम साहले नव निर्वाचित २०२१ अध्यक्ष मनोज साहलाई जेसीजको मालासँगै अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेको हुन्।

जसक्रममा नयाँ अध्यक्षलाई निर्वतमान अध्यक्षले बैंड बाजासहित उभेर सम्मान गरेका थिए। यस्तो अभ्यासले संगठनभित्र सदभाव कायम गर्नुका साथै अन्य संस्थाहरुलाई पनि प्रेरित गर्ने देखिन्छ।

जेसी गौतम जेसीज २०२१ को राष्ट्रिय उपाध्यक्षमासमेत निर्वाचित भइसकेका छन्। जेसीज २०२१ का अध्यक्षसहित उपाध्यक्षलगायत सम्पूर्ण कार्यसमितिको सपथ ग्रहन तथा पद हस्तान्तरण भएको छ। साथै जेसीजको नयाँ सचिवालयको समेत उद्घाटन गरिएको छ।

कार्यक्रममा प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साह, नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनाल, प्रदेश सांसद परमेश्वर साहलगायतको उपस्थिति रहेको थियो।


तस्वीरः एसपीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.