हुलाकी न्यूज, जनकपुरधामः
जनता समाजवादी पार्टी(जसपा)का दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा आफ्नो पक्षका युवाहरुको भेला गरी प्रशिक्षण दिन थालेपछि अन्य युवाहरु आक्रोसित बनेका थिए। जसको प्रतिउत्तरमा उपेन्द्र समूह बाहेकका युवाहरुको भेला आयोजना गरिएको छ।

यादवले पूर्व संघीय समाजवादी पार्टीका युवा नेताहरुलाई मात्र समेटेर विभिन्न जिल्लामा प्रशिक्षण चलाएका थिए। जसको विरोध पार्टीभित्र पनि भएको थियो।

यादवले पार्टी नै विभाजन गर्ने गरी युवाहरुलाई परिचालन गर्न लागेको भन्दै पूर्व राजपा पक्षका युवाहरु पनि सक्रिय भएका छन्।

तत्कालिन राजपा संवद्ध युवाहरुले १८ गते आइतबार जनकपुरधाममा बृहत्त भेलाको आयोजना गरेका गरिएको तत्कालिन राजपाका युवा संठनका उपाध्यक्ष कामरेन्द्र वर्माले जनाएका छन्।

उक्त भेलामा उपेन्द्र यादव पक्षका युवाहरुलाई सहभागी गराइने छैन।

जनकपुरधाम स्थित मसला कटेजमा हुने कार्यक्रममा सहभागी हुन शुक्रबार नै जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो जनकपुरधाम आइसकेका छन्।

नेकपाको विभाजनसँगै जसपाभित्र पनि विवाद चर्किएको छ। उपेन्द्र यादव समूहले प्रचण्ड र माधव नेपाल समूहलाई साथ दिने प्रयास गरेका छन् भने ठाकुर र महतोलगायतका नेताहरुले अदालतको निर्णय मान्ने प्रतिक्रिया दिएका छन्।

जसपाभित्रको विवादले पार्टी विभाजनको संघारमा लग्न सक्ने आशंक पनि गर्न थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.