हुलाकी न्यूज,जनकपुरधाम : आफ्नै बुवाले छोरीलाई बलात्कार गरको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको कमला नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी ६० बर्षिय भोला यादवलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत मँगलबार उनले आफ्नै छोरीलाई बलात्कार गरी भागेको आरोपमा पक्राउ गरिएको हो।

काठमाडौँको गोकर्णेश्र नगरपालिका वडा नं. ५ जम्बुडाँडा बस्ने यादवले आफ्नै छोरीलाई बलात्कार गरी नेपाल मेडिकल कलेजमा उनको अर्को छोरीको उपचार गराइरहेको अवस्थामा फोन गरी छोरीको हालात हेर्न धम्की दिएको आरोप समेत लगाइएको हो।

गत मँगलबार काठमाडौँ पढन आएकी भोला यादवको आफ्नै छोरीलाई कुटपिट गरी बलात्कार गरी जनकपुर भागेको पीडित किशोरीकी आमाको बयानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन्।

उनकी पहाडे मूलकी श्रीमति हिरामाया गिरीले दिएको निवेदन अनुसार उनको आफ्नै छोरीलाई बलात्कार गरेको हो । बलात्कार गरी फोन मार्फत जानकारी दिएपछि कोठामा जाँदा अवस्था देखेपछि झसंग भएको भनेकी छिन।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, पक्राउ परेका भोला यादवले दुई वटा बिहे गरेका छन् । एक तराई मूलकी छन् भने अर्की पहाडे मूलकी श्रीमति छन् । तराई मूलकी श्रीमतिबाट जन्मिएकी छोरी कोपिला यादवलाई नेपाल मेडिकल कलेजमा उपचार गराइरहँदा घरमा कोही नभएको मौका छोपेर पहाडे मूलकी श्रीमतिबाट जन्मिएकी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

“भोला यादवले फोन गरी कोठामा गएर हेर तेरो छोरीको हालत देख्छेस भनि भनेपछी म कोठामा गई हेर्दा मेरो छोरी ….(नाम गोप्य).. गिरीलाई घाउचोट लागि रगत पच्छे भई अचेत अवस्थामा देखेपछि अस्पताल भर्ना गरे ।”– हिरामायाले प्रहरीलाई बताइन् ।

छोरी रगतले लतपत देखिएपछि तत्कालै उपचारको लागि राष्ट्रिय ट्रामा सेन्टरमा लगेर उपचार गराईरहेको जनाइएको छ । किशोरीलाई बलात्कार गरी ज्यानै मार्ने उदेश्यले ढुँगाले समेत हानेर बेहोस बनाएर भागेको प्रहरीले जनाएको छ ।

हिरामाया गिरि यादवले महानगरीय प्रही वृत बौद्ध काठमाण्डौमा निवेदन लेखि पेश गरेपछि भोला यादवलाई उक्त वृतको पत्र अनुसार खोजतलास गर्ने क्रममा विहिबार जनकपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट उनलाई पक्राउ गरी काठमान्डौं पठाइएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.