हुलाकी न्यूज, काठमाडौं, १८ कार्तिक । वीरगंजमा प्रहरीले अस्पतालबाट फर्किरहेका एक युवकलाई कुटपिट गरी बलिरहेको आगोमा फालिदिएका छन् ।
पर्साको वीरगंज उपमहानगरपालिका वडा नं. १५ मुरली वस्ने वर्ष २२ का मिहिर कुमार कर्णलाई प्रहरीले कुटपिट गरी बलिरहेको आगोमा फालिदिएका हुन् ।
आगोले पोलेर अनुहारलगायत शरिरका विभिन्न भागमा घार भएका घाईते कर्णको हाल वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार बेलुका ७ बजेको समयमा आफ्ना विरामी भाउजुलाई उपचारका लागि अस्पताल पुर्याई मोटरसाइकलबाट फर्किरहेका कर्णलाई प्रहरीले वीरगंजको मेनरोड नेशनल ट्रेनिङ नजिक रोकी कुटपिट गरी नजिकै बलिरहेको आगोमा फालिदिएको वीरगंजका स्थानीय मिडियाहरुले जनाएका छन् । सिकिस्त घाईते भएका उनको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । कर्णको शरिरको दहिने भाग गम्भीर रुपमा जलेको छ भने अनुहार, आँखा, टाउको, छाती लगायतका शरिरको विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ ।
यसैबीच मधेसी बुद्धिजिवी पेशागत समुहले प्रहरीको यस्तो क्रुर र अमानवीय व्यवहारको निन्दा गरेको छ । मधेशमा जारी आन्दोलनको क्रममा प्रहरीले गरिरहेको मानवअधिकार हननका घटनामा अर्को एउटा घटना थपिएको उसको ठहर छ । समूहले घटनामा संलग्न प्रहरीको पहिचान गरी अविलम्ब कारवाही गर्न माग गरेको छ ।




यस्ता निरङ्कुश शाषक भएको देशमा बस्नु भन्दा आफ्नै अलग देश र प्रशासन निर्माण गरी बस्नु ठीक हुनेछ।
kathmandu ko nepali media ko akha le yo ghatna ahile sam dekheko ko 6aina
police lay yesta ghatna gare ko drishya lae khas badi shashak lay khoe dekhey ko.oli sarkar lay sampurn madeshi lai youdh ko lagi prerit gari raheko6.
समाचार मा आरोपको स्रोत र प्रमाण पनि समाबेश गरेको भए, समाचार बिस्वस्निय बन्न सक्थ्यो !