डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय समितीको बैठक माघ १४ र १५ गते रुपन्देही को लुम्बिनीमा सम्पन्न भएको छ ।
डा. सिके राउत को अध्यक्षतामा सम्पन्न सो बैठकमा मधेश का २२ वटै जिल्लाबाट केन्द्रिय पदाधिकारीहरु सहित केन्द्रिय सदस्यहरु, जिल्ला इन्चार्जहरू लगायत जनमत पार्टीका विभिन्न जनवर्गीय संगठनका संयोजकहरुको समेत उपस्थिति थियो ।
उक्त बैठकमा हरेक जिल्लाको कार्य प्रगति विवरण र हरेक जनवर्गीय संगठनहरूको प्रगति विवरण पेश गरिएको थियो।
बैठकले आसन्न चुनावलाई लक्षित गरि कार्यक्रमहरू अगाडी बढाउने जस्ता विभिन्न निर्णयहरू गरि केन्द्रिय बैठक सम्पन्न भएको जनमत विदेश विभाग प्रमुख तथा केन्द्रिय सदस्य ई . बसन्त कुशवाहा ले जानकारी दिए।
बांकी विस्तृत जानकारी प्रेश विज्ञप्ति मार्फत उपलब्ध गराइने उनले बताए ।




