हुलाकी न्यूज,जनकपुरधाम : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले प्रदेश नम्बर २ अपराध मुक्त प्रदेश बनाउने अभियानमा सरकार प्रतिवद्ध रहेको बताएकी छिन।
बाल अधिकार सुनिश्चितताका लागी प्रदेश स्तरीय छलफल कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्री महतोले बाल बिवाह, बालश्रम,बलात्कार, महिला हिंसा, समाजिक अपराध जस्ता प्रदेश नम्बर २ मा बढिरहेकोले प्रदेश लाई अपराध मुक्त प्रदेश बनाउन सरकार लागिपरेको बताएकी छन् । उनले अपराध मुक्त समाज निर्माणका लागी सबैलाई आ– आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेकी छन । बुधवार जनकपुरधाममा राष्ट्रिय बाल अधिकार परिषद्ले आयोजना गरेको कार्यक्रममा मन्त्री महताले अब संघीय सरकारले कुनै पनि बालबालिकालाई बेसहरा महशुस हुन नदिने भन्दै कुनै पनि बेसाहारा बालबालिका देख्नु भयो भन्ने हामीलाई खबर गरे बाल मन्दिरमा राखेर सरकारले पालनपोषण गर्छ ।
उनले महिला, बालबालिका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको लागी आफ्नो नेतृत्वको मन्त्रालय विषेश काम गरिरहेको र यस क्षेत्रको थप विकास र संरक्षणको लागी गृहमन्त्रालय, शिक्षा तथा स्वास्थ्य मन्त्रलायसंग समेत समन्वय गरी कामहरु गरिहेको बताइन । उक्त कार्यक्रममा प्रदेश नं. २ स्थानीय निकायका प्रमुख, उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायतका सहभागिता थियो ।
कम्बल वितरण
मन्त्री महतोले गरिव, विपन्नहरुलाई न्यानो कम्बल वितरण गरेकी छन । नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा मन्त्री महतोले ३ सय भन्दा बढि वृद्धवृद्धा तथा गरिव विपन्नलाई कम्बल वितरण गरेको हो।




