हुलाकी न्यूज, जलेश्वर(महोत्तरी):
लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट हारेपछि आफूलाई फसाउन खोजिएको आरोप महोत्तरी भंगहाका अनरुद्ध साहले लगाएका छन्।

बैंक तथा सहकारीहरुले सर्वसाधारणलाई चर्को व्याजमा ऋण दिने गरेको र आफूले ती सर्वसाधारणलाई समान्य व्याजमा ऋण दिने गरेकोले केही व्यक्तिहरुले आफूलाई फसाउन खोजेको उनले बताएका छन्।

केही सञ्चार माध्यमहरुमा साहले मिटरव्याजीको काम गरिरहेको समाचार आएको विषयमा उनले स्पष्टिकरण दिदै आफूले कानुन विपरीत काम गरेको खण्डमा सजाय भोग्न तयार रहेको बताए।

आफ्नो दाईसँग ऋण लिएको र अदालतबाट मुद्दा हारेका धनेश्वर महतोले फसाउन खोजेको उनको आरोप छ।

यता मोहन महतोले पनि अदालतबाट मुद्दा हारेपछि केही रकम दिएको र बाँकी रकम तिर्न आनाकानी गरेको साहले बताए। उनीसँग पैसा माग्न जाँदा मिडियाको धम्की दिइरहेको उनले सुनाए।

अर्को श्यामपरी मण्डलका विषयमा साहले भने,‘श्यामपरी जीले गाउँकै मान्छेसँग ऋण लिएको हो। मसँग कुनै सरोकार छैन। तर, मलाई फसाउन खोजिएको छ।’

आफ्नो नाउँमा जम्मा ४ विगहा जग्गा रहेको तर केही मिडियाले आफूसँग ८० विगहा जग्गा रहेको भनी भ्रम फैलाएको उनले बताए।

‘मैले २५ लाख जति ऋण लगाएको छु तर ममाथि बैंककै १ करोडभन्दा बढी ऋण छ।’ अनरुद्ध साहले भने,‘मेरो चरित्र हत्या गर्ने काम भएकोले सम्बन्धित निकायसँग कारवाहीको माग गर्दछु।’

साहको भिडियो प्रतिक्रियाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.