हुलाकी न्यूज,जनकपुरधाम :धनुषामा एक जना पिडित परीवारलाई आर्थिक सहयोग गरिएको छ।धनुषा जिल्लाको हँसपुर नगरपालिका वाडा नं.८ भतही टोलका श्रीपती दासको परीवारलाई २ वटा बख्राको बच्चा र नगद रु१००००/- (दस हाजर) सहयोग गरिएको छ।

पिडित श्रीपत दासको खूट्टामा लामो समयदेखी खाउ भएको छ र आर्थिक अवस्था अति नै कमजोर न्यून भएका कारणले समयमा उपचार गराउने सकेको थिएन र पिडित दासको श्रीमती पनि अपाङ्ग रहेकी छिन, निकै कठिनाई ,अप्ठ्यारोमा बाचिरहेका यी परीवारको बारेमा त्याहाका स्थानीय युवाहरुद्वारा संस्थामा जानकारी गराइएको थियो।

हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादव र हेल्प मधेशी नेपालका सेवक संजीव श्रेष्ठले पिडित दासको घरमै पुगि नगद र दुईवटा बाख्राको बच्चा पिडितलाई हस्तान्तरण गरिएका हुन्।

यस कार्यमा सहयोग गरिदिनु भएका सम्पुर्ण सेवकगनमा हेल्प मधेशी परीवारद्वारा हार्दिक धन्यवाद दिदै अग्रिम यस्तै सहयोग अपेक्षा सहितकाे हेल्प मधेशी परीवारका अध्यक्षले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.