हुलाकी न्यूज,जनकपुरधाम : उच्च अदालत जनकपुरमा महोत्तरीको भंगहामा वडा सचिवले महिलालाई बलात्कार गरेको मुद्धामा आज बहस हुदैछ।

जिल्ला अदालत महोतरीको आदेश्मा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव पक्षले गरेको पुनरावेदनमा आज पेशी तारेख राखिएको छ। आरोपित वडा सचिवले कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको छ। पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट उम्किन समेत चलखेल थालेको हो।

भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका वडा नं. ९ का ५२ वर्षीय वडा सचिव मिथलेश यादव पुर्पक्षकालागि थुनामा छन्।

०७७ मंसिर २० गते उच्च अदालत जनकपुरमा दर्ता भएको कैफियत प्रतिवेदन मुद्धामा आज इजलाश नं. ३ मा राखिएको छ। भने यस अघि माघ ८ गते न्यायधिश प्रकाश चन्द्र गजुरेल र शकुन्तला घिमिरेको इजलासले सक्कल कागजात मगाउन आदेश दिएको थियो। ३ पटक मुद्धाको पेसी स्थगित गरिएको थियो। पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका आरोपित वडा सचिवका पक्षले पछिल्लो समय उच्च अदालत जनकपुरमा फाटबला कर्मचारी र अन्य माध्यमबाट अन्यलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको चर्चा छ।

पिडित महिलालाई तठस्थ बस्न ३ लाख नगद दिइएको चर्चा भएपनि प्रमाण भने भेटिएको छै । यस अघि आरोपित महिलालाई १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा बयान फेर्न भनेका थिए। घरमा श्रीमान्ले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट असोज १४ गते घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले बलात्कार गरेको आरोप रहेको छ। घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो। घटनालगत्तै आरोपित वडासचिव यादवले गाउँकै एक नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.