हुलाकी न्यूज,सिरहा : सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका ३ चोहर्वा बस्ने बर्ष १९ का कृष्ण कुमार महतो रहेको छ।

प्रहरीले उनलाई बुधबार दिउँसो ३ बजे चोहर्वाबाटै बिक्री बितरण गर्नको लागि लगिरहेको अवस्थामा सानो १४ थान पोकामा ३२० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए।

गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष टोलि र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले चेकजाँचको क्रममा ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।पक्राउ परेका महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.