हुलाकी न्यूज,धनगढी : कञ्चनपुरमा आफ्नै घरमा डेरा गरि बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयास गर्ने एकजना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–३ भाँसीस्थित आफ्नो घरमा डेरा गरि बस्दै आएकी बाजुराकी १७ वर्षीय किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले युवतीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार जोशीलाई पक्राउ गरिएकाे बताए ।

जोशीले किशोरीको भाइ कोठामा नभएको मौका छोपेर दुर्व्यवहार गर्दै बलात्कार प्रयास गरेको बुझिएको बताउँदै प्रहरी निरीक्षक शाहीले अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.