हुलाकी न्यूज,धनुषा :धनुषाको विदेह नगरपालिका ३ स्थित चिकनामा टाटासुमो दुर्घटना भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

मंगलबार विहान रघुनाथपुरबाट ठाडी तर्फ आउँदै गरेको ज १ च १३५८ नम्बरको गाडी तिब्र गतिका कारण अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। उनको जनकपुरस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ ।अन्य घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुकोे जनकपुरकै जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.