हुलाकी न्यूज,सिरहा : सिरहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बसको ठक्करबाट सिरहा कर्जान्हा नगरपालिका-२ का संजिप सुनामको ८ वर्षीय छोरा साजन सुनामको मृत्यू भएको हो।

आइतबार दिउँसो १:३०बजे सिरहाको कर्जन्हा नगरपालिका-२ स्थित पि.भि.एम बोर्डिङ्ग स्कुलको बसले ठककर दिदा स्थानिय संजिप सुनामको छोरा ८ वर्ष काे साजन सुनामको मृत्यू भएको स्थानियले जनाएको छ।

बालकलाई ठक्कर दिएको बस र विद्यालय कर्जन्हा नगरपालिका वडा नं. २ को वडा अध्यक्ष गणेश अधिकारी को रहेको बताइएको छ।

बस र बस चालक इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको र घटना सम्बन्ध मा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.