हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको सीमावर्ती गाउँ ठाढी झिझाबाट फरार एक प्रतिवादीलाई पक्राउ गरिएको छ ।

गर्भपतन मुद्दामा फरार रहेकी धनुषाको विदेह नगरपालिका वडा नं. १ साबिक गाविस ठाढीझिझा वडा नं. ३ बस्ने ईशा साहको अन्दाजी ३२ बर्षिय श्रीमति सुनिता खातुनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने जरिना खातुनको जाहेरीले प्रतिवादी सुनिता खातुनलाई गर्भपतन मुद्दामा झण्डै ६ बर्षदेखि फरार रहेकोमा आईतबार पक्राउ गरिएको हो । जरिना खातुन र सुनिता खातुनबीच झगडा हुँदा गर्भ तुहिएको थियो ।

गत वि.सं. २०७२ साल असार २१ गतेमा जिल्ला अदालत धनुषाले सुनिता खातुनलाई १ महिना कैद सजाए फैसला गरेको थियो । जरिना खातुन र सुनिताको झगडा पर्दा जरिना गर्भवति थिइन, पेटमा हान्दा हान्दै उनको बच्चा पेटमै मरेको थियो ।

बच्चा पेटमै मरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरी अनुसार प्रहरीले मुद्दा दायर गरेको थियो । अदालतले गर्भपतन मुद्दामा १ महिना कैद सजाय तोकियो तर सुनिता झगडा गरी फरार भएकी थिइन् । उनलाई पुनः अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

सुनिता खातुनलाई फैसला कार्यन्वयन दस्ता टोलीले उनको घरबाट पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.