हुलाकी न्यूज, रौतहट, १८ कार्तिक । जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै रौतहटका मारवाडी समुदाय सडकमा ओर्लिएका छन् । बुधबार मारवाडी समाज गौरको आयोजनामा सदरमुकाम गौरमा सयौंको संख्यामा रौतहटका मारवाडी समुदायले मधेशको माग पुरा गर्न माग गर्दै शान्तिपूर्ण जुलुस निकालेका हुन् ।

मारवाडी सेवा समिति रौतहटका अध्यक्ष पवन कुमार अग्रवालको नेतृत्व र पत्रकार प्रविण अग्रवालको विशेष सक्रियतामा शान्तिपूर्ण जुलुस निकालिएको हो । जुलुसमा रौतहट क्षेत्र नं. १ बात निर्वाचित एमाले नेता माधव कुमार नेपालविरुद्ध चर्को नाराबाजी भएको थियो ।

करिब ५ सयको संख्यामा रहेका प्रदर्शनकारीले गौरको मधेशक्रान्ति चौकबाट जुलुस निकाली गौर भन्सार नजिकै रहेको सीमा क्षेत्र मैत्री पुलमा पुगेर समापन गरेका थिए । धर्ना र नाकाबन्दी जारी रहेको मैत्री पुलमा पुगेर उनीहरुले नाकाबन्दीमा पुर्ण समर्थन जनाएका छन् ।

देशमा रहेका उद्योगधन्दामा ७५ प्रतिशतमा मारवाडी समुदायको लगानी र पहुँच रहेको भन्दै उनीहरुले मधेशीको माग चाँडै पुरा नगरे सबै उद्योग धन्दा ठप्प पार्ने चेतावनी दिएका छन् ।

Marwadi samaj2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.