हुलाकी न्यूज,वीरगञ्ज :पर्सामा एकजना बालिका आफ्नो बुवाकै साथीबाट बलात्कृत भएकी हुन्।

वीरगञ्ज महानगरपालिका छपकैया बस्ने ११ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ।बलात्कारमा संलग्न रहेको आरोपमा भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएका छन्।

शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ रहेको छ। बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए।बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए ।

घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।उनका अनुसार मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ ।सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.