हुलाकी न्यूज,जनकपुरधाम : रेल जस्तै अवस्था छ प्रदेश २ सरकारले सञ्चालन गर्ने बस सेवाको पनि भएको छ। जनतालाई सहजयातायात सेवा सञ्चालन गर्न भन्दै प्रदेश २ को राजधानी जनकपुरबाट आठवटा जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्न प्रदेश २ सरकारले ५ वटा सुविधासम्पन्न बस खरिद गरेका हुन्।

कार्तिक २८ गते भौतिक पूर्वाधार विकास मन्त्रालयले भ्याटसहित ३ करोड ३९ लाख ९० हजार रुपैयाँमा बस किनेको थियो।

किनेको बेला एक महिना भित्रै सञ्चालन गर्ने भनेपनि चालक, सहचालक लगायतका जनशक्ति र कानुनको अभावमा ५ वटै बस थन्किएको छ।

टाटा कम्पनीबाट खरिद गरेको ५ वटै बस धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित शिवप्रदि वर्कशपमा खुल्ला आकाशमूनि थन्क्याएर राखिएको छ।एउटा बसमा ५० वटा सिट, सीसीटीभी क्यामेरा, स्वचनलित ढोका र वाइफाइ समेतको सुविधा छ ।

आवश्यक जनशक्ति तथा कार्यविधि बनाएर एक महिना भित्रै बस सेवा सञ्चाल गर्ने गरी तयारी भइरहेको यातायात व्यवस्था विभाग प्रदेश २ का प्रमुख विनोद यादवले बताएका हुन्।

‘बस संचालनको लागि चाहिने कार्यविधि तयार भइसकेको छ, तयार कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कर्मचारी भर्नाका लागि सूचना निकाल्छौँ भने भित्रै हामी सञ्चालनमा ल्याउने गरि तयारी गर्दैछौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.