हुलाकी न्यूज,काठमाण्डौ : वैदेशिक रोजगारीका लागि मलेसिया गएर मृत्यु भएका १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत नेपाल ल्याइएको हो ।

मलेसियास्थित नेपाली दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गरेअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरी निगमले मृतकहरुको शव नेपाल ल्याएको हो एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो ।निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.