हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिकामा आयोजना हुन लागेको मेयर गोल्ड कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आगामी शनिबारदेखि भंगहा नगरपालिकाको आयोजना तथा नेशनल युवा क्लव भंगहा–५ को सह–आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।

पहिलो खेलमा माघ १७ गते त्रिभुवन आर्मी क्लव काठमाडौं र धरान फुटवल क्लब धरानबीच प्रतिष्पर्धा हुने तालिकामा उल्लेख छ ।

१८ गते दोस्रो खेल नेपाल एपीएफ क्लव काठमाडौं र सतासीधाम स्पोटिंग क्लब झापाबीच हुनेछ ।

यस्तै सोमबार लेखनाथ यूनाइटेड क्लब पोखरा र बेंगखाडी युवा क्लब महोत्तरीबीच हुने भएको छ भने मंगलबार एफ.सी विजय युथ क्लब हेटौंडा र बागमती यूवा क्लब सर्लाहीबीच हुने आयोजक भंगहा नगरपालिकाले जनाएको छ ।

भंगहा नगरपालिका–५ सीतापुर बजारस्थित उच्च माध्यमिक विद्यालय भंगहाको मैदानमा हुने फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल माघ २१ गते बुधबार हुनेछ भने दोस्रो सेमिफाइनल माघ २२ गते बिहीबार हुने आयोजक भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिए ।

त्यस्तै फाइनल खेल माघ २४ गते सोही मैदानमा हुने उनले जनाए ।

मेयर साहका अनुसार प्रत्येक खेलमा दिउँसो १ बजे ग्राउण्ड रिपोटिङ हुनेछ भने दिउँसो २ः१५ बजे किक अफ हुनेछ ।

खेलमा फाइनल बिजेता टिमलाई पुरस्कार स्वरुप ५ लाख नगदसहित मेडल र प्रमाणपत्र समेत दिइने छ भने उप–विजेता टिमलाई १ लाख नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.