हुलाकी न्यूज,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकाका राजदुत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा राजदुत बेरीले अमेरिकामा नयाँ राष्ट्र्परी जो बाइडेनले शपथ लिएर आफ्नो कार्यकाल शुरु गरेसँगै नेपाल बारे अमेरिकाका शीर्ष प्राथमिकताहरूबारे छलफल गरेका छन् ।

भेटका क्रममा राजदुत बेरीले बाइडेन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको कुरा बताएको अमेरिकी दुतावासले जनाएको छ ।

दुताबासले राष्ट्रपति बाइडेनले भनेजस्तै, ‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न। हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ ।’

यस अघि जनवरी २० मा राष्ट्रपति पदको शपथ लिएसँगै बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.