हुलाकी न्यूज,इलाम : घरमा काही नभएको अवस्थामा इलाममा १५ वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले ईलाम नगरपालिका–७ भानुपथका २५ वर्षीय बिनायक बरईलाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग प्रहरीले बताएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले बरईलाई पक्राउ गरेको बताइएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.