Coronavirus infected no entry allowed template on white transparent background. Covid-19 virus microbe infection organism

हुलाकी न्यूज,काठमाडौँ :  बैतडीमा तत्कालका लागि कोरानाको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाको दशरथचन्द नगगरपालिका ४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

जिल्लामा ६३६ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये ६३४ जनाले कोरोना जितेका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । जिल्लामा ७ हजार ७ सय बढी नागरिकको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य भएपनि कोरोनाको जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.