हुलाकी न्यूज,सिरहा : प्रहरीले लागुऔषधसहित दुई जनालाई सिरहाको गोलबजारबाट पक्राउ गरेका छन्।

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले जाँचको क्रममा दुवै जनालाई बिहीबार लहानतर्फ जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ का २७ वर्षीय अनिल शर्मा रहेका छन्। स ७ प ५७१२ नम्बरको पल्सर र स १० प ५५२२ नम्बरको एफजेडएस मोटरसाइकलमा उनीहरु लागुऔषध बोकेर लहानतर्फ गइरहेका थिए।

उनीहरुको साथबाट प्रहरीले नाइट्रोभेट ट्याब्लेट १४ सय ९७ पीस, स्पासमोप्रोक्सन ४८ पीस, फेनारगन ४५ पीस, नोफिनइन्जेक्सन ४५ पीस, डाइजीपाम ४५ एम्पुल र डाइलेक्स डिसी ३४ बोतल लागुऔषध बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.