हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नं.१ लक्ष्मीनिवासमा विहिवार जाडो छल्ल गरिव विपन्न घरपरिवारलाई न्यानो कपडा सिरक वितरण गरेकाे छ । मिथिला नगरपालिका वडा नं. १ का २ सय गरिव, विपन्न, दलित, जेष्ठ नागरिक लगायतलाई न्यानो कपडा सिरक वितरण गरिएको छ ।

वडाअध्यक्ष लक्ष्मी महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा २ सय घर परिवारलाई सिरक वितरण गरिएको वडासचिव सत्यनारायण सिंहले जानकारी दिएका छन् ।

यसैबीच सोहि वडामा वडा कार्यालयदेखि पूर्वतिरको सडकमा पी वि सि ढलान कार्यको शुभारम्म समेत गरिएको गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.