{“uid”:”DB807CE2-6639-4D45-A413-BA5D130CFC15_1608188309645″,”source”:”other”,”origin”:”gallery”,”sources”:[“288522676029211”]}
हुलाकी न्यूज,जनकपुरधाम : यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन चालक अनुमतिपत्र लाइसेन्सका लागि अनलाइन फाराम खुलाउने भएको छ। केहीदिन अघि सिस्टममा खराबी आएपछि विभागले अनलाइन फाराम बन्द गरेको थियो।

शुक्रबारबाट फाराम भर्न सकिने विभागले जानकारी दिएको छ। अनलाइन फाराम सुचारु गरेसँगै यसअघि लगाइएको कोटा प्रणाली समेत हटाइएको छ। अब जतिसुकै सेवाग्राहीले पनि लाइसेन्‍सका लागि आवेदन दिन पाउने बताएको छ।

यसअघि कोभिड-१९ को कारण देखाउँदै लाइसेन्सका लागि खुलेको आवेदनमा कोटा प्रणाली लगाइएको थियो। कोटा प्रणाली लागू गरेको भन्दै विभागको चौतर्फी आलोचना समेत भएको थियो। अनलाइन फाराम भर्दा एसएमएस सेवा भने तत्कालको लागि बन्द भएको छ ।यो सेवा अवरूद्ध भएकाले दर्ता नम्बर सुरक्षित गरि सम्बन्धित कार्यालयसँग सम्पर्क राख्‍न विभागले जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.