हुलाकी न्यूज,सर्लाही : सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका हुन्।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार दुर्घटनामा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै गम्भीर घाइते रहेकी राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए।बस दुर्घटनाको कारण अहिले सम्म खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.