हुलाकी न्यूज, काठमाडौं, १८ कार्तिक । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टि इन्टरनेसनलले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको नयाँ संविधानमा सुधार गर्नुपर्ने बुँदासहितको पत्र पठाएको छ । एमनेष्टि इन्टरनेसनलका दक्षिण एसिया विभाग प्रमुख डेविड ग्रिफिथ्सले प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र पठाउँदै नयाँ संविधानमा जनताको बाँच्न पाउने अधिकारसहितका मानवीय अधिकारको रक्षाको प्रतिबद्धता स्पष्ट शब्दमा उल्लेख गर्ने सुझावसहितको पत्र पठाएका हुन् ।

पत्रमा संविधानमा रहेका विभिन्न १३ शिर्षकका धारा र उपधारामा आवश्यक परिमार्जन र संशोधनको आवश्यकता रहेको ठहर गरिएको छ । पत्रमा नागरिकताको अधिकार, जीवनरक्षाको अधिकार, स्वतन्त्रताको अधिकार, समानता र विभेदसम्बन्धी व्यवस्था, यातनाविरुद्धको प्रावधान, धार्मिक स्वतन्त्रताको अधिकार, न्यायको अधिकार, महिला अधिकारलगायतका शिर्षकमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।

पत्रका नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई दिइनुका साथै अहिलेसम्म पनि तराई मधेशमा जारी हिंसात्मक आन्दोलनका बारेमा चासो व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय समुदायको व्यापक दबाब र अनुरोधका वावजुद तराई मधेशमा गैरन्यायिक हत्या र प्रहरीद्वारा बल प्रयोग भइरहेको प्रति एमनेष्टि इन्टरनेसनलले आपत्ति प्रकट गरेको छ ।

एमनेष्टिको पत्रको पूर्ण विवरण पढ्न  यहाँ क्लिक गर्नुहोस ।

 

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.