हुलाकी न्यूज, काठमाडौं : भारतले आजबाट कोरोना विरुद्धको खोप नेपाल लगायत छिमेकी मुलुकहरुलाई पठाउने भएको छ ।
अनुदान स्वरुप छिमेकी मुलुकहरु नेपाल, भुटान, मालदिभ्स, बंगलादेश, म्यानमार, ससेल्स लगायतका देशहरुमा कोरोना विरुद्धको खोप पठाइने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपाललगायत छिमेकी मुलुकलाई सहयोगस्वरूप दिनेछ ।
‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ। बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार ट्विट गर्दैै बुधारबारदेखि मित्र राष्ट्रमा खोप आपूर्ति सुरु गर्ने जानकारी
नेपालका अधिकारीले भने खोप आजै पनि आउन सक्ने तथा कम्तीमा यो हप्ताभित्र आइपुग्ने अपेक्षा गरेका छन्।