काठमाडौं : भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरसविरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।
भारतीय केन्द्रीयय स्वास्थ्य समितिले नेपाल र भुटानलाई उक्त परिमाणमा खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
समाचार एजेन्सी मिन्टका अनुसार बंगलादेशले भने २ करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ । यस्तैभारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको छ ।
भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ ।
शनिबारदेखि खोप अभियान सञ्चालन गरेको भारतले मंगलबार बिहानसम्म ३ लाख ८१ हजार जनालाई खोप दिइसकेको छ।