हुलाकी न्यूज, जनकपुर : जनकपुरधामबाट दुई वटा पेस्तोल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेका छन्।
जनकपुरको पुल चौक नजिक रहेको ५२ बिघाबाट सोहनी निवासी वर्ष २५ का बिबेक यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको सूचना संक्लन शाखाका ईन्चार्ज रामरेख यादव, सन्तोष झा, मनोज महतो तथा सुरेन्द्र रामको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेका हुन। हतियार सहित पक्राउ परेका यादवलाई थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।



