हुलाकी न्यूज,काठमाडौँ : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएका छन्।
इन्डियन आयल कर्पाेरेसन आईओसीले १६ जनवरीमा पठाएको मूल्य बढेर आएकाले निगमले लागू गरी मूल्य वृद्धि गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैयाँ कायम भएको छ। हवाई इन्धन र खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् छ।
मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र खाना पकाउने एलपजी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ।
निगमले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ ।



