हुलाकी न्यूज,जनकपुरधाम : बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा  मुख्यमन्त्री लालबाबु राउतले मधेसी सहिद प्रतिष्ठान गठन गर्ने घोषणा गरेका हुन्।

मधेश आन्दोलनका सहिद परिवार र घाइतेहरूको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश सरकार चाँडै मधेसी सहिद प्रतिष्ठान गठन गर्ने तयारीमा रहेको राउतले बताए।

प्रतिष्ठान गठनपछि सहिद परिवार र घाइतेहरूको दीर्घकालीन व्यवस्थापनका प्रक्रिया अघि बढ्ने राउतको भनाइ थियो।

मुख्यमन्त्री राउतले सहिदहरूको बलिदानी र आन्दोलनका घाइतेलाई प्रदेश सरकारले उच्च मुल्याङ्कन गरेको दाबी गरे। एक सहिद परिवार एक रोजगार कार्यक्रमअन्तर्गत प्रदेश २ का अधिकांश सहिद परिवारले रोजगारी पाइसकेको र बाँकी रहेकाहरूलाई यथाशीघ्र रोजगारी दिने प्रक्रिया अघि बढिसकेको उनले बताए।

मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको आमा रानो देवीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायलगायतले मधेश आन्दोलनमा सहिदहरूले गरेको त्याग बिर्सन नसकिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.