हुलाकी न्यूज,रौतहट : रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको महुलिया टोल निवासी वीर सहिद राजकिशोर ठाकुरको घरमा राहत सहयोग भएको छ । मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको स्मृतिमा मनाउदै आएका बलिदानी दिवसका दिन रौतहटका मधेशी सुपुत्रको नेताहरुले सम्झना नगरे पनि युवा नेता प्रकाशले मधेशि शहिद परिवारलाई आज सहयोग गरेर शहिद प्रति सम्मान प्रकट गरेका छन् ।
तत्कालीन समाजवादी विधार्थी फोरम जिल्ला अध्यक्ष तथा युवा प्रभावशाली प्रखर वक्ता फतुवा विजयपुर नगरपालिकाका टेग्रांहा निवासी हाल उच्चस्तरीय शिक्षा हासिल गर्न अमेरिका बसोबास गर्दै आएका प्रकाश भाइ मधेशीयाले सहिदहरूको समझना बढी केही गर्न नसकेपनि आफ्नो स्तरबाट जिल्लाको एक जना सहिद परिवारको घरमा पुगेर सहयोग गरौं भने अपेक्षाको साथ आज सहिद ठाकुरको घरमै पुगेर उहाँको आमाँलाई चामल, चिसोमा ओढ्नको लागि ब्लैकेट र ठाकुरको ५ बर्षीय छोराका लागि शिक्षा हासिल गर्न लाग्ने सामाग्रीको निमित्त १० बर्ष सम्म उसको शिक्षामा लाग्ने सम्पूर्ण खर्च १० तिर्ने प्रतिबद्धता समेत जाहिर गरेका छन ।
देश र मधेशको हकअधिकारको लडाइँमा वीर प्राप्ति गरेको छोरालाई मरेको नसम्झनु आज उहाँहरूको कारण देशमा संघीयता आएको छ । सहिद राजकिशोरले आफ्नो नाम ऐतिहासिमा लेखाइसकेको छ । मर्न त सबैलाई छ आफ्नो र देशको लागि मर्नुमा धेरै फरक रहेको हुनाले उहाँको साहदत खेरा नजाने युवा नेता प्रकाशले बताएका छन ।
मेरो छोरा जस्तै दर्जनौं आमाको छोरा आफ्नो रगतको बलिदानीले ल्याएको संघीयताले गर्दा स्थानीय, प्रदेश र संघीय सरकारको उपज भएको छ तर ईशनाथ नगरपालिकामा घर भएपनि मेयर, उपमेयर वा अन्य जनप्रतिनिधिले एउटा शौचालय, शुद्ध खानेपानी उपलब्ध गराउन नसकेको सहिद ठाकुरको आमाले दुख पोखिएकी छिन । मधेश आन्दोलनको वेला धेरै नेताहरु घरमा आउने गर्थे तर आज भोलि लगभग ४ बर्ष भन्दा बढी देखि अस्वासन दिएका नेताहरुको अनुहार समेत देख्न सकिएको छैन । आफनो सन्तान देशको लागि ज्यान गुमाएको छ यही एउटा सोचले मात्र बाचिरहेको छु । जनतालाई झुक्याउने कार्यबाट मधेशी जनताहरु सचेत भएर बस्नु होला सहिद राजकिशोरको बृद्ध आमाँले आफनो आँखा पुछदै बताईन ।
राहत सहयोग गर्ने कार्यमा विधार्थी युवा नेता ललन कुमार यादव समेतको उपस्थिति रहेको थियो ।