हुलाकी न्यूज, जनकपुर : चट्याङले ज्यान गुमाएकाको परिवारलाई प्रदेश २ सरकारको एक लाख रुपैयाँ सहयोग गरेको छ ।

बाराको फेटा गाउँपालिका वडा नम्बर-१, त्रिवेणीमा गत असार १८ गते वर्षासँगै परेको चट्याङले ज्यान गुमाएका दुईजना महिलाका परिवारलाई प्रदेश २ सरकारले प्रतिपरिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शनिबार त्रिवेणी गाँउमै पुगेर मृतक सुनरपती देवी महतो र इन्दुदेवी महतोको परिवारका अभिभावक जादोलाल महतो र हिरालाल महतोलाई चेक प्रदान गरेका हुन् ।

असार १८ गते बारामा चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको थियो । फेटा गाउँपालिका-१ त्रिवेणी गाँउका दुईजना महिलासहित चट्याङले कलैया उपमहानगरपालिका-१२ शीतलपुरका थप दुई जनाको मृत्यु भएको थियो ।

घटनापछि प्रदेश २ सरकारले मृतकका परिवारलाई १/१ लाख रुपैयाँ सहयोग घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.