हुलाकी न्यूज,काठमाडौँ :  श्रीमान् र श्रीमतीबीचको सुमधुर सम्बन्धको एउटा लज्जास्पद घटना बाहिरिएको छ। जहाँ एक पत्नी आफ्नै पति र उनका साथीहरुबाट बालात्कृत भएकी छिन्।

यो घटना भारतको रहेको हो ।भारतको जालोर कोतवाली पुलिस स्टेशनमा एक महिलाले उनको विवाहित छोरीलाई बलात्कार गर्ने पति र उनका सहकर्मीमाथि मुद्दा दर्ता गरेकी आजतकले जनाएको छ ।

पीडितको पति सिरोहीको मन्डार गाउँमा काम गर्दछन् ।पीडित ३ बालिकालिकाकी आमा हुन। उनी पीहर जालोरमा बस्छिन्। घटना १२ जनवरी हो। त्यो दिन पीडितको पति आए र उनलाई मोटरसाइकलमा मन्डर गाउँ लगे।

जहाँ महिलाको यौन शोषण भएको थियो । पीडितका अनुसार त्यस ठाउँमा रक्सीको नशामा लठ्ठिएका पतीका साथिहरु अर्जुन सिंह, छगना राम, नारायण बसेका थिए । उनीहरुले पालैपालो उनको बलात्कार गरे ।

दोस्रो दिन, जब पीडितका बाबुआमा आए र घटनाको बारेमा प्रहरीलाई जानकारी गराइयो ।त्यसपछि पीडितलाई जालोरका प्रहरी उपरीक्षक श्याम सिंह समक्ष पेश गरिएको थियो ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । पीडितको स्वास्थ्य जाँच भइरहेको छ ।अरोपीहरुको खोजी भइरहेको एसपी कैलाश कुमारले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.