हुलाकी न्यूज,काठमाडौँ : फेसबुकलाई पछि पार्दै टिकटक प्रयोगकर्ताको सबैभन्दा लोकप्रिय प्लेटफर्म बनेको छ । मोबाइल एप इन्टिलिजेन्स एजेन्सी एप एन्नीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२० मा सामाजिक सञ्जाल फेसबुकमा भन्दा भिडियो प्लेटफर्म टिकटकमा प्रयोगतर्काले बढी समय बिताएका छन् ।
उक्त प्रतिवेदन अनुसार फेसबुक कम्पनीको रुपमा फेसबुककै वर्चस्व भएतापनि सिंगल एपको रुपमा टिकटक धेरै अघि रहेको छ । यसको अर्थ फेसबुक कम्पनीको रुपमा फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपलाई समेत हेर्ने हो भने उसकै वर्चस्व रहेको छ ।



