हुलाकी न्यूज,वीरगञ्ज : बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।नेपाल शिक्षक महासंघ र प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल वीरगञ्ज महानगरपालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन माघ ४ गतेदेखि ६ गतेसम्म स्थगित गर्ने सहमति भएको महासंघ वीरगञ्जका अध्यक्ष विनोद मेहताले बताए ।

बढ्दै गएको अत्याधिक चिसो मौसमको कारण बालबालिकाकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरको सभ्भावनालाई मध्यनजर गरी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुको परामर्श एवं वीरगञ्ज महानगरपालिकासँगको अनौपचारिक छलफलबाट विद्यालयहरुको पठन पाठन स्थगित गर्ने सहमति भएको प्याब्सन वीरगञ्जका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले मौसम प्रतिकुल भएकोले विद्यालय बन्द गर्ने निर्णयमा पुगिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.