हुलाकी न्यूज,राैतहट :बौधीमाई नगरपालिका अन्र्तरगत अजगैबी,ईनरवा,मटिअर्वा हुदै साढे तिन किलोमिटर लम्बाई तथा ३० फिट चौडाई दोसा्रे चरणको नया बाटो गा“उलेहरुले आफैले निर्माण गरेको स्थानिय समाजसेवी जयप्रकाश कौशलले बताएका छन ।
यसअघि सोक्षेत्रको नेतृत्व मन्त्री प्रभु साहले गरेको समय पहिलो चरणमा मौलापुर नगरपालिकाको पथरा बुधराम गाउलाई गौर चन्द्रपुर सडकखण्डको सखुअवा चौकमा जोडन ७ किलोमिटर नया बाटो निकालिएका थियो ।
हाल दोसा्रे चरणको बाटो निर्माण पछी अब पथरा गाउदेखी गौर चन्द्रपुर सडकखण्डमा पुगेको छ । नेकपा प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले क्षेत्रको प्रत्येक गाउलाई हाईवे संग जोडने चुनावी घोषणापत्रका सार्वजनिक गरेका थिए ।
सोही घोषणा अनुसार कालोपत्रे हुने बिस्वासमा अर्कै निर्वाचन क्षेत्रका जनताले हाल गँहु, मुसुरो बालीरहेको खेत बाट स्वस्फुर्त जनताले नया बाटो निर्माण गरेको नेकपा प्रदेश २ कमिटि सदस्य त्रिभुवन साहले बताएका छन । हामी नया बाटो निकालेका छौं मन्त्री प्रभु साहले उक्त बाटोमा पकैपनी कालोपत्रे गर्नुहुन्छ भन्ो हामीलाई बिश्वास रहेको त्रिभुवन साहले बताए ।
उता फतुवा बिजयपुर नगरपालिका वडा १० दुधिअवा देखी वडा ११ अडेमवा सम्म करीब तिन किलोमिटर नया बाटो निर्माण भएको वडा अध्यक्ष संजय साहले बताए ।
बिना बजेटर,बिना मुआब्जा,बिना क्षतीपुर्ती नयाबाटोमा सहरी विकास मन्त्रालयको लगानीमा कालोपत्रे हुने बिश्वासका साथ जनता आफैले उक्त नया बाटोको निर्माण गरेको फतुवा बिजयपुर वडा १० का अध्यक्ष मनोज कुमार चौधरीले बताएका छन ।
सहरी विकास मन्त्री प्रभु साह गत निर्वाचनमा प्रत्येक गाउलाई हाईवे कनेक्सन र धुँवा मुक्तक्षेत्र, बनाउने चुनावी घोषणापत्र जारी गरेका थिए ।
मन्त्री साहको घोषणा अनुसार रौतहट संसदिय निर्वाचन क्षेत्र ३ अन्तरगत जंगलसैया देखी राजमार्ग,खतवहिया देखी गौर चन्द्रपुर सडक खण्डमा जोडने बाटो निर्माण भएको छ भने सबै स्थानिय तहमा हजारौं परिवारलाई निशुल्क ग्याँस सिलिण्डर सहीतको चुल्हो बितरण भएको छ ।राैतहट : सहरी विकास मन्त्रालयको लगानीमा कालोपत्रे हुने बिस्वासमा रौतहटमा धमाधम नया बाटोहरु निर्माण हुन थालेको छ ।

नेपाल सरकारको सहरी विकास मन्त्री प्रभु साहले गरेको घोषणा अनुसार कालोपत्रे हुने बिस्वासमा बिना मुआब्जा,बिना क्षतीपुर्ती नया बाटोहरु निर्माण हुन लागेको हो । कयौ स्थानमा जग्गाको मुअब्जा नपाएको भन्दै बिरोध समेत हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.