हुलाकी न्यूज, काठमाडौं, १६ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका पर्सा जिल्ला संयोजक तथा संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले अब सरकारसँग कुनै वार्ता हुन नसक्ने बताएका छन् ।
उनले मधेशी मोर्चाका शिर्षस्थ नेतासँग वार्ता भङ गरेर तुरुन्त मधेश आउन माग गरेका छन् ।
पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा सोमबार बिहान ४ बजेदेखि नै प्रहरी दमन सुरु भएपछि त्यँहाका स्थानीय नेता, जनता र आन्दोलनकारी आक्रोशित भएका हुन् । नेता यादवले नेपाल सरकारले कहिल्यै पनि मधेशीसँग वार्ता गर्न चाहँदै नचाहेको बताउँदै सरकारको नियत र नश्ल खराब रहेको टिप्पणी गरे । उनले खराब नश्लका हरुसँग के को वार्ता गर्नु भन्ने प्रतिक्रिया दिएका छन् ।
नेता यादवले काठमाडौंमा टेबुलमा बसेर वार्ता गरिरहेको भएपनि मधेशमा स्थानीय जनता र आन्दोलनकारीमाथि अमानवीय व्यवहार गरिरहेको भन्दै सरकार र प्रहरीको निन्दा गरेका छन् ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ । वीरगंज घटनाका बारेमा मोर्चाले पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा सरकारसँगको वार्ता भङ गर्नेबारे निर्णय हुनसक्ने बुझिएको छ । तमलोपाको पार्टी कार्यालयमा मोर्चाले पत्रकार सम्मेलन गर्न लागेको हो ।




This video is of Madhesh Andolan and exposure of Inhumanity acts of Nepal Police Hope you will share this video link is https://www.youtube.com/watch?v=tqXvdsdIsZ0
INI HARU BHARTIYA FACE DEKHERAI RISAUCHHAN MARNE MAUKA PAYE KINA NA MARNE
DAMAN GARNA MARNAI PARCHHA.