सप्तरी । मुख्यमन्त्री लालबाबु राउतले संचार क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको दशौ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उहाले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देशमा संकट आउदा पत्रकारहरुले खेलेको भुमिका महत्वोपुर्ण हुने गरेको बताए ।

कुनैपनि अधिकार प्राप्तिको आन्दोलन होस वा देशलाई संकट पर्दा पत्रकारले गरेको योगदान महत्वोपुर्ण रहेको छ, मुख्यमन्त्री राउतले भने, संचार क्षेत्रको बिकास बिना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न सकिदैन । मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचार क्षेत्रको बिकासका लागि छिट्टै संचार प्रधिकरण र मिडिया काउन्सिल गठन गर्न लागेको बताए । प्रदेश सरकार संचार क्षेत्र र पत्रकारको समस्य प्रती गम्भीर रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री राउतले संचार क्षेत्रको बिकास र पत्रकारहरुको तमाम समस्य समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


मुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाहा गर्न आग्रह गरे । मुख्यमन्त्री राउतले संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपति बिधा भण्डारी प्रतिनिधि सभा विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे । संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलिले देशलाई प्रतिगमन तिर लगेको भन्दै ओलि सरकारको तानाशाही संबैधानिक कु विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

सामाजिक बिकास मन्त्री नवल किशोर साहले देशमा परिबर्तन ल्याउन पत्रकारको ठूलो योगदान रहेको बताए । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले देशको बिकास र राजनीति परिवर्तनमा सप्तरीको पत्रकारहरुको भुमिका अबिस्वास्निय रहेको बताए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित साधारणसभामा राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सभा सदस्य मनिस सुमन सहितका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.