हुलाकी न्यूज, कलैया :
सडक संघर्षमा रहेका राजनीतिक दलहरुलाई संविधान संशोधनको विषयमा धारणा प्रष्ट पार्न जनता समाजवादी पार्टी(जसपा)का नेता जितेन्द्र सोनलले आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर गैर संवैधानिक कदम उठाएको भन्दै विरोधमा रहेका दलहरुलाई २०६३ को अन्तरिम संविधानको मर्म अनुसार अगाडि बढ्न सोनलले आग्रह गरेका हुन्।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोनलले प्रचण्ड, माधव नेपाल र देउवालगायतले नै फाष्टट्रयाकबाट संविधान बनाएको र पहिचानबादीहरुलाई कमजोर पारेको आरोप लगाए।

अब आन्दोलनमा जाँदा पहिचानवादी मधेशी, आदिवासी जनजातिको माग बारे प्रष्ट हुनु पर्ने उनले बताए।

जसपाद्धारा बारामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै मन्त्री सोनलले केपी ओलीले मधेशीको पहिचानसँग र भावनासँग खेलवाड गरेको भन्दै विरोध हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.