हुलाकी न्यूज, जनकपुरधामः
केही मिडियाहरुले आफूलाई ‘मिटर ब्याजी’ भनेर बदनाम गराउन खोजेको आरोप महोत्तरी भंगहा नगरपालिका ५ का अनरुद्ध साहले लगाएका छन्।

आफूले प्रचलित कानुन अनुसार नै ऋण उपलब्ध गराएको अदालतले पनि आफ्नो पक्षमा फैसला सुनाएपछि केही व्यक्तिहरुले आफूलाई बदनाम गराउन खोजेको उनले बताए।

महोत्तरी भंगहाका विभिन्न व्यक्तिलाई ऋण उपलब्ध गराएको र तमसुक कागज खरिद गरी पैसा अरुल गरेको आरोप साहमाथि रहेको छ।

समाचारहरुको खण्डन गर्दै साहले भने,‘मैले कानुन सम्वत ढंगले काम गरेको छु। गैरकानुनी भएको भए मलाई अदालतले कारवाही गर्ने थियो। तर अदालतले न्याय गरेको छ।’

स्थानीय सहकारी तथा स्थानीय केही व्यक्तिहरुले आफूलाई बदनाम गराई अनुचित लाभ लिन खोजेको उनले बताएका छन्।
आफू बारे आएको समाचारमा आफूलाई बोल्ने मौका नदिएको र एक पक्षीय समाचार सम्प्रेशन गरेको साहको आरोप रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.