
उक्त अवसरमा बिभिन्न बक्ताहरुले शुभकामना मन्तव्य राख्ने क्रममा सुरेश शर्माले योगको खास अर्थ शरिरलाई स्वस्थ्य राख्न शरिर भित्रको प्रदुषित वायु बाहिर फाल्नु र बाहिरको स्वच्छ वायु अक्सिजन लिनु रहेको हुँदा स्वच्छ वायु अक्सिजनको कमी हुन नदिन ब्यापक रुपमा विरुवा रोपण अभियान संचालन गर्नपर्ने र हरेक वनस्पतिको एरोमेटिक र मेडिसिनल वालुए
हुने भएकोले हामीले वनस्पतिलाई हमेसा संरक्षण गर्नुपर्ने र वनस्पति संरक्षण भए मात्र आयुर्वेद रहने बताउनुभयो।
प्रमुख अतिथीको आसनबाट प्रदेश सभा सदस्य मा. राम आशिष यादवले निरोग रहन योगको आबश्यकता रहेको र यसको लागि पर्यावरण संरक्षण अपरिहार्य रहेको र यसको लागि हामीले अनबरत लागीरहेको र अगामी दिनमा जनस्तरबाट पर्यावरण संरक्षणमा लाग्नुपर्छ बताउनुभयो।
यसैगरी जिसस प्रमुख रामदेव बनरैत यादव, नेपाल प्रहरीको स्प, एन्टी प्लास्टिक मैनको रूपमा परिचित कृष्ण चन्द्र, योगगुरु मनोहर साह, बिमल पण्डित, सुरेश यादव, १४ नं. वडाध्यक्ष पुण्य प्रताप यादव लगायत योग र आयुर्वेद संग सम्बन्धित गुरू,साधक साधिका, समाजसेवी समेतको उपस्थितिमा बिभिन्न महानुभावहरुले योगको महत्व बारेमा बोल्नु भएकोमा मलाई समेत निमन्त्रणा गरी दुई शब्द राख्न मौका दिएको र कार्यक्रमको अन्त्यमा आयुर्वेदिक महत्व बोकेको बिभिन्न विरुवाहरू रोपण र कपडाको झोला बितरण गरिएकोमा आयोजक जनकपुरधाम आयुर्वेद औषधालय परिवार र प्रमुख डा. सिमा झा प्रती हार्दिक धन्यवाद बेकता गरेका छन्।