-महेश कुमार

हुलाकी न्यूज,धनुषा : सबैलामा एक अत्ति विपन्न मुसहरलाई भठिहन समाज कल्याण सेवा समितिको सहयोग।

धनुषाको सबैला नगरपालिका वाडा नं. ९ भठिहन गाउँमा अत्ति विपन्न मुसहर परिवारलाई घर,लत्ता कपडा तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ । घरमा दुई भाइबहिनी अति विपन्न १३ वर्षीय सविता कुमारी सदा र भाइ १७ राकेश कुमार सदालाई भठिहन समाज कल्याण सेवा समिति अभियन्ता समाजसेवीहरुले घरमै पुगेर सहयोग घर, लत्ताकपडा र खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

बिहीबार भठिहनस्थित सादाको घरमै पुगेर समाजसेविको हातबाट सो सामाग्री प्रदान गरिएको हो । सदा परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको कारण ८ साल पहिले आमाको मृत्यु र १ साल पहिले बुबाको मृत्यु भएको थियोे।

सानो झुपडीमा नै भाइबहिनी बस्थे।झुपडीलाई हटाएर नयाँ दुई घर बनाइ दिएको छ। दुई भाइबहिनी करिब १० वर्षदेखि जीवनयापन गरिरहेको भनि सामाज कल्याणका समितिहरुले थाहा पाएपछि भठिहन समाज कल्याण सेवा समिति द्धारा ८० हजारको घर, ४ हजारको लत्ताकपडा (तोसक, तकिया २, सिरक,जाजिम र मछरजाली) र २३५५ नेपाली रुपैया बरावरको चामल २५ किलो,दाल २किलो ,आलु ३ किलो, लशुन ५०० ग्राम,प्याज १ किलो , सोयाविन ५०० ग्राम,सर्फ ३ किलो , साबुन २ पिस, खाने तेल १ किलो,दाल १ किलो लगायतको मशाला लगायतको सामाग्रीहरु प्रदान गरिएको भठिहन समाज कल्याण सेवा समितिको अध्यक्ष श्री संजय कापरले जानकारी गराएका छन। अति विपन्न परिवारका सदाका बुबाआमा नरहेको र जिवनयापनको लागि कठिनाइ भएको गुनासो गरेपछि सहयोगको लागि गरिएको अपिलपछि सदा परिवारलाई सहयोग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.