हुलाकी न्यूज,काठमाडौं : सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ।

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ । मंसिर महिनामा मात्र २० जना विदेशीलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।सामान्यतयाः भिसा अवधि सकिएपछि पनि कतिपय विदेशी नेपालमा अनाधिकृत रुपमा बस्ने गर्छन् । उनीहरुलाई सरकारले जरिवानासहितका शुल्क छुट दिई देश निकाला गर्ने गर्छ ।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गरी विदेशी नागरिकलाई देश निकाला गर्ने गरिन्छ ।

१३९५ जना कामदार भित्रिए ,कोरोना महामारीका बीचमा नेपाली आयोजनामा काम गर्ने कामदार नेपाल आउन पाएका थिएनन् । यसबीचमा आयोजनाको काम समेत प्रभावित बनेको छ । अध्यागमन विभागका अनुसार ५ महिनाा १३९५ विदेशी कामदार नेपाल आएका छन् ।

उनीहरुले विभागबाट कामदारकै रुपमा भिषा लिएका हुन् । यसअवधिमा ५ जना पत्रकार नेपाल आएका छन् । एक यात्रुले ट्रान्जिट भई नेपाल छिरेका छन् ।

५४७० जना पर्यटकले अनअराइभल भिसा लिएका छन् । ८५६६ जना पर्यटकले भने भिसा थप गरेका छन् । ५ महिनामा ४८८ गैरआवासीय नेपालीले भिसा प्राप्त गरेका छन् ।

वैवाहिक भिसा लिनेको संख्या ५४६ रहेको विभागले जनाएको छ । अध्ययन भिसामा ४८० जना नेपाल आएका छन् ।

५ महिनाको अवधिमा विभागले ३० करोड ५ लाख ८२ हजार रपैयाँ राजस्व संकलन गर्ने सफल भएको छ । विभागबाट जारी भएको विभिन्न प्रकारको भिषा शूल्क तथा जरिवानावापत राजस्व संकलन हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.