हुलाकी न्यूज,काठमाडौं : आजकै दिन सन् १९३० मा चर्चित कमिक क्यारेक्टर मिकी माउस पहिलो पटक कमिक स्क्रिप्टमा देखिएका थिए ।

न्यूयोर्क मिररमा छापिने कमिकको स्क्रिप्ट वाल्ट डिजनीले लेख्थे । बिस्तारै बिस्तारै मिकी माउसको अभिनय चर्चित बन्यो । त्यसको केहि महिनामा नै कमिकलाई २४ देशका ४० पत्रिकाले छापेका थिए ।

त्यस्तै आजकै दिन १९४९ मा भारतका पहिला अन्तरिक्ष यात्री राकेश शर्माको जन्म पञ्जावमा भएको थियो । जुलाई १९६६ मा उनको नेशनल डिफेन्स एकेडेमीमा एडमिशन भयो ।

२१ वर्षको उमेरमै उनी एयरफोर्ससँग जोडिए र सुपरसोनिक लडाकू विमान उडाउन थाले । पाकिस्तानसँग भएको १९७१ को युद्धमा उनले २१ पटक उडान भरेका थिए ।

त्यो बेला उनी मात्र २३ वर्षका थिए । ३५ वर्षको उमेरमा उनी अन्तरिक्ष गएका थिए । उनी अन्तरिक्षमा जाने १२८ औँ मानिस थिए । साथै पहिलो भारतीय पनि । उनले ३ अप्रिल १९८४ मा सोयूज टी ११ बाट अन्तरिक्ष यात्रा थालेका थिए ।

उनले अन्तरिक्षमा ७ दिन २१ घण्टा र ४० मिनेट बिताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.